देउवाको प्रश्नः किन आयोगले चुनावको कार्यतालिका प्रकाशन गर्दैन ?

३फागुन, काठमाडौँ  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी कार्यतालिका तत्काल प्रकाशित गर्न आग्रह गरेका छन् ।

भैरहवामा आज भएको सभामा सभापति देउवाले निर्वाचन आयोगले अहिलेसम्म चुनावी कार्यतालिका प्रकाशित नगर्दा आशंका पैदा भएको बताए । उनले अदालतले भन्दा पनि निर्वाचन आयोगले बदमासी गर्न सक्ने आशंका रहेको बताए ।

कुनै पनि संसदको विघटन भएको छ महिनाभित्र चुनाव गरिसक्नुपर्ने प्रावधान रहेको देउवाको जिकिर थियो । जेठभित्र आयोगले चुनाव गराउनुपर्ने दाबी गर्दै उहाँले चुनाव नगराउने हो भने आयोगले प्रष्ट पार्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनावको मिति घोषणा गरे पनि आयोगले चुनावको कार्यकतालिका सार्वजनिक गर्न आनकानी गरिरहेकोले आशंका उत्पन्न भएको बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस