
४फागुन, काठमाडौं । म्यानमारमा सत्ता हातमा लिएको सेनाले आफू नेतृत्वको सरकार विरुद्ध प्रदर्शन गर्नेमाथि कडा नियम जारी गरेको छ।
सैन्य कु को विरोधमा प्रदर्शन हुन थालेपछि सेनाले शहरहरुमा प्रदर्शनकारीमाथि रबरका गोली हान्न सुरु गरेको छ।
सोमबार सेनाले आफ्नो सरकार विरुद्ध प्रदर्शन गर्ने प्रदर्शनकारीलाई २० बर्ष जेलको सजाय सुनाएको हो।
गत फेब्रुअरी १ मा सेनाले लोकतन्त्रवादी नेत्री आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहितका शीर्ष नेताहरुलाई नजरबन्दमा राखेर सत्ता आफ्नो हातमा लिएको थियो।
त्यसयता म्यान्मारमा दैनिक सेनाविरुद्ध प्रदर्शन भइरहेको छ। सो प्रदर्शनलाई ध्यान दिँदै सेनाले कडा नियम जारी गरेको हो।
प्रकाशित मिति : २०७७ फाल्गुन ४ गते मङ्गलवार