५फागुन,काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।

बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

बैठकमा १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका र आन्दोलनको समीक्षालगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति हुने कांग्रेसले जनाएको छ ।