घोराही-होलेरी शहीद मार्गको हविगत सुधारको माग गर्दै संघर्ष समिति गठन

फाइल फाेटाे

५फागुन, काठमाडौँ । घोराही—होलेरी शहीद मार्गको हविगत सुधारको माग गर्दै रोल्पामा संघर्ष समिति गठन गरिएको छ।

आर्थिक वर्ष २०७४÷७५ मा संघिय सरकारको ४६ करोडको लगानीमा कालोपत्रे गरिएको शहिदमार्ग डेढ बर्ष नबित्दै ध्वस्त बनेपछि लुम्बिनी प्रदेशका अधिकांश पहाडी जिल्लाका प्रवेशद्वार समेत रहेको यस मार्ग भएर यात्रा गर्ने यात्रुहरुले बर्षौंदेखि भगवान भरोसामा यात्रा गर्नु परिरहेको गुनासो पटकपटक उठ्ने गरेको छ।

यसरी पटकपटक गुनासो उठ्दा जनताले यात्रा गर्दा शास्ति खेपिरहेको देख्दादेख्दै रोल्पाको स्थानिय सरकार रुन्टीगढी गाउँपालिका,दाङको स्थानिय सरकार घोराही उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकार र संघिय सरकार मुख दर्शक मात्र बनेपछि सर्वसाधारण नागरिकले संघर्ष समिति नै बनाएर संघर्षमा उत्रिनु पर्ने बाध्यकारी अबस्था आएको स्थानिय अगुवा एबं समितिका सल्लाहकार देबेन्द्र बोहराले जानकारी दिएका छन्।

संघर्षकै लागि फागुन ३ गते होलेरीको कोहिनूर होटलमा पत्रकार एल।वी।मगरको अध्यक्षतामा बसेको होलेरी र आसपासका सञ्चारकर्मी, बुद्धिजिबी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि,ब्यापारी,सर्वसाधारण नागरिकहरुको भेलाले नन्दराम खड्काको संयोजकत्वमा १३ सदस्यीय समिति निर्माण गरिएको सल्लाहकार बोहराले जानकारी दिए।

जसमा स्थानीय अगुवा देबेन्द्र बोहरा, स्थानिय पत्रकारहरु एल।वी।मगर,सन्तोष शर्मा, केशवराज चन्द र स्थानिय युवा दिलबहादुर खड्का सल्लाहकारमा रहेको बताइएको छ।

पछिल्लो राष्ट्रिय राजनीतिको ठुलो चोक, घुम्ती बनिसकेको रोल्पा जिल्लाले अन्य जिल्लाका तुलनामा ठुल्ठुला नेताहरु जनाएको छ।तर नेताहरुले चुनाव जितेर कुर्सीमा पुगेपछि रोल्पाको समस्यालाई फर्केर नहेर्ने प्रवृत्तिले आफुहरु जनताका अधिकारका माग गर्दै संघर्षमा उत्रिनु पर्ने अबस्था आएको समितिका संयोजक नन्दराम खड्काले बताए।

देशमा चलेको १० बर्षे शस्त्र द्वन्दको उद्गम थलो समेत रहेको रोल्पाले ठुल्ठुला नेताहरु जन्मायो। अहिले पनि रोल्पाकै नन्दकिशोर पुन देशको उपराष्ट्रपति छन्।अन्य थुप्रै नेताहरु २०६४ यता पटक सरकारको जिम्मेवारी पदमा रहँदै आएका छन्। तर उनीहरु पदमा हुँदा हेलिकप्टरबाट रोल्पा आउँछन्।

ुपद गुमेपछि छिमेकी जिल्ला प्युठान, सल्यान भएर कालोपत्रे बाटो खोज्दै गृह जिल्ला आउँछन्। उनीहरुले बेवास्ता गरेर शहीद मार्गको यस्तो हविगत बनेको होु, संयोजक खड्काले भने।

तत्काललाई १३ सदस्यीय समिति गठन गरिएको र यसमा ५० जनाको सदस्यीयतामा अभियन्ता सदस्य थप्ने तयारी रहेको उनले जानकारी दिए।विभिन्न चरणमा छालफल गर्दै सरकारले शहिद मार्गको हालत नफेर्दासम्म चरणबद्व रुपमा शसक्त आन्दोलनमा उत्रिने संयोजक खड्काको भनाई रहेको छ। विएल नेपाली सेवाबाट साभार

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस