म्यानमारमा करिब ५ सय प्रदर्शनकारी पक्राउ

६फागुन, काठमाडौं । म्यानमारमा सैन्य ‘कू’को विरोधनमा उत्रिएका करिब ५ सय प्रदर्शनकारी पक्राउ परेका छन् ।

करिब ४९५ जना राजनीतिक नेता, अभियान्ता तथा प्रदर्शनकारीहरुलाई पक्राउ गरी हिरासतमा र जेल चलान गरिएको बताइएको छ । म्यानमारको राजनीतिक कैदीहरुको सहयोग संघ ‘एएपिपि’ले पछिल्लो दुई सातामा देशमा भएका नजरबन्द गरिएकाको ट्रयाकिङ गरिरहेको छ ।

म्यानमारमा गत फेब्रुअरी १ मा भएको सैनिक ‘कू’को विरोधमा उत्रिएका तीन जनालाई दुई वर्षको सजाय तोकिइसकेको छ भने एक जना अर्को प्रदर्शनकारीलाई तीन महिनाको जेल सजाय सुनाइएको संघले जनाएको छ । हाल करिब ४६० जना हिरासतमा रहेको पनि जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस