आज सेयर बजार नेप्से २५ अंकले बढ्यो

६फागुन, काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज नयाँ रेकर्ड कायम गरेका छ । बिहीबार नेप्से परिसूचक २५.२३ अंकले बढेर २६३६.६८ अंकमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १.४७ अंकले बढेर ४७५ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १२ वटा उपसमूहमध्ये ९ वटा उपसमूहको सेयर बढेको छ भने बाँकि ३ वटा उपसमूहहरुको सेयर घटेको छ ।

यो दिन व्यापार समूह सबैभन्दा बढी ७२.९२ अंकले उकालो लागेको छ । विकास बैंक समूह ६२.१४ अंकले बढेको आज बैंकिङ समूहमा २३.३७ अंक, होटेल्स समूहमा ४.६९ अंक, जलविद्युत् समूहमा १८.६ अंक, वित्त समूहमा ५।३५ अंक, उत्पादन तथा प्रशोधन समूहमा २०.१६ अंक, अन्य समूहमा ५३.८२ अंक र म्युचुअल फन्ड समूहमा ०.१४ अंकले बढेको छ ।

आज जीवन बीमा समूह सबैभन्दा धेरै १०९.७३ अंकले ओरालो लागेको छ । निर्जीवन बीमा समूह ५०.३ अंकले घटेको आज लघुवित्त समूहमा २८ अंकको गिरावट आएको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा एनआईसी एशिया बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५६ करोड १ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

कुल २ सय ६ वटा कम्पनीको १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७८५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस