भारतमा थप ८५ संक्रमितको मृत्यु

७फागुन,काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५६ हजार १२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार १२३ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार ६४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ९ लाख ६२ हजार १८९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६ लाख ६५ हजार ६८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४० हजार ९९८ छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस