
७फागुन, काठमाडौँ । नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । उडान भरको सात महिनापछि सो यान मंगल ग्रहमा अवतरण गरेको हो ।
नेपाली समयानुसार शुक्रबार बिहान करिब २ः४० मा सो यान मंगल ग्रहको सतहमा अवतरण गरेको हो ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पठाएको सो यान मंगल ग्रहमा अवतरित भएसँगै क्यालिफोर्नियाको कन्ट्रोल केन्द्रका वैज्ञानिकहरुले हर्षोल्लास मनाएका थिए ।
सफल रुपमा अन्तरिक्ष यान अवतरण भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले वैज्ञानिकहरुलाई बधाई दिएका छन् ।
सो यानलाई ‘पिर्जाभियरेन्स मार्स रोभर’ नाम दिइएको छ । यसले मंगल ग्रहमा जीवनको संकेतको खोजी गर्ने छ । यसलाई नासाको महत्वाकांक्षी मिसनका रुपमा हेरिएको छ ।
प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार