
७फागुन, काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्यहरु गरिकतासहित निर्वाचन अयोग जाने भएका छन् ।
पार्टीको आधिकारिकता विवादमा आयोगले निर्णय दिइनसकेको अवस्थामा प्रचण्ड–माधव समूहले आफूपक्षीय केन्द्रीय सदस्यलाई नागरिकतासहित आयोगमा उपस्थित गराउन लागेको हो ।
नेकपाको आधिकारिकता दाबी गर्दै आएको प्रचण्ड–माधव समूहले त्यसका लागि आफूपक्षीय केन्द्रीय सदस्यलाई नागरिकता लिएर पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित हुन भनेको छ ।
आज मध्याह्न १२ बजे पेरिसडाँडामा भेला भएर १ बजे निर्वाचन कार्यालयमा नागरिकतासहित केन्द्रीय सदस्यहरु उपस्थित गराउने प्रचण्ड–माधव पक्षको तयारी छ ।
प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार