म्यानमारमा सेनाको गोलीबाट युवतीको मृत्यु

७फागुन,काठमाडौँ । म्यानमार सैनिक “कु” पछि भएको प्रदर्शनमा सहभागी एक महिलाको सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ।

प्रदर्शनमा घाइते भएकी २० वर्षीया ती महिलाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।

म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता लिएपछि प्रदर्शनकारीको मृत्यु भएको यो पहिलो पटक हो।

ती महिलालाई अघिल्लो साता प्रदर्शनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेको थियो।

जननिर्वाचित सरकारलाई अपदस्त गरेर सेनाले सत्ता हत्याएपछि म्यानमारमा हाल दिनैजसो प्रदर्शनहरू भइरहेका छन्। एजेन्सी

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस