चुनावको तयारीमा जुट्न कार्यकर्तालाई सभापति देउवाको आग्रह

फाइल फाेटाे

७ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा चुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

काँग्रेस नुवाकोटको पार्टी कार्यालय (बीपी स्मृति भवन)को विदुरमा आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले तोकिएको मितिमा चुनाव हुनेमा विश्वस्त हुँदै पार्टीलाई पहिलो बनाउन प्रचार अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

उनले संसद् विघटन सम्बन्धी सडकमा बहस नगर्न सचेत गराउँदै अदालतको फैसलाको काँग्रेसले स्वागत गर्ने बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस