गायिका इन्दिरा जोशी प्रेममा

७फागुन,काठमाडौँ । गायीका इन्दिरा जोशील सामाजिक संजालमा स्टाटस लेख्दै २ बर्षदेखि आफू प्रेममा रहेको खुलाएकी छन्।

इन्दिराले लेखेकी छन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन्। हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं। जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं।’

इन्दिरालाई उनका प्रेमीले मायामा वाचा गर्दै रिङ पनि लगाइदिएका छन्। इन्दिराले प्रेमीको तस्वीर भने सार्वजनिक गरेकी छैनन्।

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस