८फागुन,काडमाठौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको आफूलाई दया लाग्ने गरेको बताएका छन्।

विराटनगरमा शनिबार आयोजित सभामा मन्तब्य दिने क्रममा प्रधानमन्त्री ओलीले भने–‘उहाँले मोहन बैद्यलाई छोड्नु भयो।

डा.बाबुराम भट्टराईलाई छोड्नु भयो। अहिले रामकुमारी झाँक्रीतर्फ लाग्नु भएको छ।’

उनले प्रचण्ड गलत बाटोमा लागेको बताए।

प्रचण्डको राजनीतिक जीवन समाप्त हुन लागिसकेको अवस्थामा आफूले उद्धा्र गरेको सुनाए।

प्रधानमन्त्रीले आफ्नो अभियानमा फर्किन प्रचण्डलाई आग्रह गरे।

तर, उनले प्रचण्ड गलत बाटोमा लागिसकेको हुनाले ’पहाडबाट झर्न लागेको गोरुलाई राम रामभन्न सकिने तर काँध थाम्न नसकिने’ बताए।