
फाइल फाेटाे
८फागुन, काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा ओली समूहका नेता शेरधन राईले प्रचण्ड–माधव समूहले देशमा अस्थिरता र अराजकता सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।
विराटनगरमा आयोजित जनसभामा बोल्दै उनले सो कुरा बताएका हुन्।
समृद्धिको चाहनामा तगारो हाल्ने अनि राष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्ष, मुख्यमन्त्रीहरुलाई अपदस्त गरेर देश कब्जा गर्न खोज्यो,’ उनले भने, ‘यो कित्ताले मुलुकलाई अँध्यारो सुरुङतर्फ लगेको छ।’ उनले कसैलाई पनि प्रदेश कब्जा गर्न नदिने बताए।
लोकतान्त्रिक ढंगले चालेको प्रधानमन्त्रीको कदम सही रहेको बताउँदै प्रदेश तहमा आक्रमण सुरु भएको बताए।
प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार