जनताले निर्वाचन चाहेका छन् : नेता नेम्वाङ

८फागुन,विराटनगर। नेकपा ओली समूहका नेता सुवास नेम्वाङले देशमा जनताले निर्वाचन चाहेको बताएका छन् ।

विराटनगरमा आयोजित जनसभामा बोल्दै उनले देशका जनताले निर्वाचन चाहेको बताएका हुन् ।

नेपाली जनताले फैसाला सुनाइसकेका छन् देशका जनता निर्वाचन चाहन्छन् दूधको दूध पानीको पानी छुट्याउन चाहन्छन्। उनले भने सम्मानित सर्वोच्च अदालतको फैसाला हामी कुरिरहेका छौँ ।

संसद् विघटनका विषयलाई लिएर राष्ट्रपतिलाई विवादमा तान्ने खोजिएको उनको भनाइ छ ।

उनले दुईतिहाईको प्रधानमन्त्री भएकाले संसद् विघटन गर्न पाउने आफ्नो अधिकार भएको सुनाएको उनले बताए ।

केही साथीहरू भन्नुहुन्छ संसदीय प्रणाली र असंवैधानिक छ भनिरहेका छन् । प्रधानमत्री भन्नुहुन्छ म दुई तिहाईको प्रधानमन्त्री भएकाले विघटनको अधिकार छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस