पिकअप भ्यानले ठक्कर दिदा बृद्धको ज्यान गयो

८फागुन, रोल्पा । रोल्पाको सुलिचौर बजारमा पिकअप भ्यानले ठक्कर दिदा पैदल यात्री एक बृद्धको ज्यान गएको छ ।

बजारमा हिडिरहेका सुनिल स्मृति गाउँपालिका–२ का ७७ वर्षीय बृद्ध लाल बहादुर भुषाललाई लु २ च ६८८६ नम्बरको पिकअपले आज विहान साढे ९ बजेतिर ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाईते भएका भुषाललाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा लगिए पनि केहि समय पश्चात ज्यान गएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडीका चालक सुनछहरी गाउँपालिका–२ का १९ वर्षका लाल बहादुर बुढालाई नियन्त्रण लिईएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस