९फागुन, रोल्पा । रोल्पाको लुङग्री गाउँपालिका–४ जलुकेमा गएराती टिप्पर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भने एक जना घाइते भएका छन् ।
दाङबाट ईट्टा लिएर लुङग्री गाउँपालिका–२ सिर्प जाँदै गरेको रा १ ख १७८७ नम्बरको टिप्पर दुर्घटना हुँदा लुङग्री गाउँपालिका–२ सिर्पका ३७ वर्षीय अमृत बहादुर ओलीको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी चालक दाङ राप्ती गाउँपालिका–३ का ४३ वर्षीय दिपक केसी गम्भीर घाइते भएका छन् । टाउको र खुट्टामा चोट लागेको चालकको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए ।
राती करिब १० बजेतिर दुर्घटना भएको र टिप्पर सडकबाट १५० मीटर तल खसेको पनि प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार


