रोल्पामा जारी सनस्टार कपको पहिलो खेलमा मधेश प्रदेश पराजित

१० फागुन, रोल्पा । रोल्पामा आजदेखि सुरुभएको सनस्टार कप –२०८१ को पहिलो खेलमा मधेश प्रदेश आयोजक सनस्टार युवा क्लबसँग पराजित भएको छ ।

बिहान भएको खेलमा २६–२४, ३१–२९ र २५–१८ को सोझो सेटमा सनस्टार युवा क्लबले मधेश प्रदेशमाथि जित निकालेको हो ।

सनस्टार युवा क्लब रोल्पाको आयोजनामा रोल्पा सदरमुकाम लिबाङमा जारी दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र आयोजकसहित चारवटा प्रादेशिक टिम सहभागी छन् ।

प्रतियोगितामा पहिलो हुनेले पाँच लाख राशीको पुरस्कारसहित सनस्टार कप जित्नेछन् ।

त्यस्तै दोस्रो हुनेले दुईलाख पचास हजार, तेस्रो हुने टिमले एकलाख र सान्त्वना हुने टिमले पचास हजार रुपैयाँ हात पार्ने क्लबका अध्यक्ष पूर्ण केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस