११फागुन, मिझिङ । देवीस्थान युवा क्लब सुनिलस्मृति—३ मिझिङ रोल्पाको दोस्रो अधिवेशन तथा पाँचौ साधारणसभा सुरुभएको छ । अधिवेशन तथा साधारणसभाको उद्घाटन सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घर्तीले क्लबले खेलकुद तथा सामाजिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले भने क्लबले गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढाएर जिल्लामै नमुना काम गरेको छ । जिल्लामा धेरै क्लब भएपनि कुनै पनि क्लबले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पढाउन नसकेको बताए ।
आर्थिक अवस्था कमजोर भएका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई क्लबले प्रत्येक वर्ष दुई जनालाई कक्षा १२ सम्म पढाउने गरेको छ ।
सुनिलस्मृति गाउँपालिका वडा नम्बर ३ का.वा. अध्यक्ष गिरबहादुर विष्टले क्लबले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा महत्व पूर्ण भूमिका निर्वाह गरेको बताए । वडा नम्बर ४ का वडा अध्यक्ष गन्जबहादुर क्षेत्रीले क्लबले समाजमा भएको विकृति र विसंगति विरुद्धको अभियान चलाएर छोटोसमयमा क्बलले नमुना काम गरेको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी, नेकपा प्रचण्ड–माधव समूहका जिल्ला सदस्य तुकमान महरा, नेकपा ओली समूहका दिपक विष्ट, नेपाली काँग्रेसका केशर विष्ट, राष्ट्रिय जनमोर्चाका शुक्रराज थापा लगायतको सहभागिता रहेको थियो ।