११ फागुन, काठमाडौं । अभिनेता पल शाहविरुद्ध उमेर नपुगेकी किशोरीमाथि यौन सम्बन्ध राखेको आरोपमा उजुरी दर्ता भएको छ। शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार यौन दुर्व्यवहारको उजुरी दर्ता भएको हो।

केही समयअघि सार्वजनिक एक अडियोमा अभिनेता शाहले एक गायिकासँग शारीरिक सम्बन्ध भएको स्वीकार गरेका थिए।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ।

१६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ।