थपिए ११२ कोरोना संक्रमित

१३ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४ सय ११ जनाको नमुना परीक्षण गर्दा ५२ महिला र ६० जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ । तीमध्ये विहीबार ८४ सहित हालसम्म २ लाख ७० हजार २२३ जना निको भएका छन् । यस्तै कोरोना संक्रमणबाट हालसम्म २ हजार ७६७ जनाको मृत्यु भएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ८३ जनालाई मृत्यु हुनेको सूचीमा राखेको छ । यो यसअघि छुटेको संख्या भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ८८२ रहेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस