१३फागुन,राेल्पा । रोल्पाको लुंग्री गाउँपालिकामा वडा नम्ब ५ किलाचौरमा पानीको नहर निर्माणमा खटिएका एक मजदूरको मृत्यु  भएको छ ।

नहर निर्माण गर्दैगर्दा माथि आएको ढुंगा  खसेर लाग्दा लुंग्री गाउँपालिका–७ का ५६ वर्षीय चंखे रोकाको मृत्यु भएको हो ।

ढुंगाले लागेर  घाईते भएका रोकालाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि कोहोलपुर लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।