आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१४ फागुन, काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले ओरालो लागेको छ ।

छापावाला सुन आज तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

छापावाला सुन बिहीबार तोलामा ८९ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा ८८ हजार ३५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुन बिहीबार तोलामा ८८ हजार ८५० रुपैयाँमा कारोवार भएको थियो ।

यसै गरी चाँदी तोलामा २० रुपैयाँले घटेको छ । एक हजार ३५५ रुपैयाँमा बिहीबार कारोवार भएको चाँदी आज भने एक हजार ३३५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस