ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

१४फागुन,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संंसदीय दलको प्रतिनिधिसभातर्फका मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ।

प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाई आज प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले नेकपा सङ्घीय संसदीय दलको विधान, २०७५ को दफा १३ बमोजिम उनलाई मुख्य सचेतकमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

यसअघि संसदीय दलका मुख्य सचेतकमा देवप्रसाद गुरुङ रहेका थिए।

उनी विद्यार्थी आन्दोलनबाट नेकपाको राजनीतिमा आएका हुन्। भट्टराई अनेरास्ववियूको केन्द्रीय नेतृत्वमा थिए।

नेकपा (ओली) पक्षका केन्द्रीय सदस्य भट्टराई पछिल्लो आमनिर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । उनी दोस्रो संविधानसभामा पनि खोटाङबाट सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस