यौन दुर्व्यहार मुद्दामा फरार अभियुक्त पक्राउ

१४फागुन, काठमाडौँ । यौन दुर्व्यहार मुद्दामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

यौन दुर्व्यहार मुद्दामा कैद सजाय तोकिएका र फरार रहेका कोहलपुर नगरपालिका वडा नम्बर १५ का २७ वर्षीय मनोज भन्ने गजेन्द्र वि.कलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्ला अदालतको २०७६ भदौ २२ गतेको फैसलाले ३ महिना ११ दिन कैद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए।

उनी दुई वर्षदेखि फरार थिए। उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो।

वि.कलाई पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाईएको छ। एसपी रानाका अनुसार हालसम्म ५३७ जना फरार अभियुक्त पक्राउ गरिएको छ । फरार खोज्ने अभियान निरन्तर चलिरहने बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस