
१४ फागुन, रोल्पा । रोल्पामा जारी सनस्टार कप राष्ट्रिय पुरुष भलिबल प्रतियोतिाको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।
बुधबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले सनस्टार कपको उपाधि हात पारेको हो । खेलको पहिलो सेट नेपाल पुलिस क्लबले १८ का विरुद्ध २५ स्कोर सहित जितेको थियो ।
दोस्रो सेटमा त्रिभुवन आर्मी क्लबले १९ का विरुद्ध २५ स्कोर साथ खेललाई बराबरीमा पार्न सफल भयो । त्यसपछिका दुई सेट तेस्रो र चौथो भने नेपाल पुलिस क्लबले २५-१४ र २५-२३ स्कोर सहित आर्मीलाई पछाडि पार्दै सनस्टार कपको उपाधी हात पार्न सफल भयो ।
प्रतियोगिताको तेस्रो स्थानको उपाधि कोशी प्रदेशले जितेको छ । खेलको पहिलो सेटमा कोशि प्रदेशले लुम्बिनीलाई २४का विरुद्ध २६ स्कोर सहित जितेको थियो थियो ।
दोस्रो सेतमा लिम्बिनी प्रदेशले कोसी प्रदेलाई १६ का विरुद्ध २५ स्कोर साथ खेललाई बराबरीमा पार्न सफल भयो ।
खेलको तेस्रो र चौथो सेतमा भने कोसीले २८-२६ र २५-१६ स्कोर सहित लुम्बिनीलाई पछि पार्दै कोसीले तेस्रो स्थानको उपाधी जितेको हो ।
सनस्टार युवा क्लबको आयोजनामा फागुन १० गते देखि संचालित राष्ट्रिय भलिबल प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लबले ५ लाख राशीको पुरस्कार सहित सनस्टार कप हात पारेको छ ।
त्यस्तै दोस्रो, , तेस्रो र सान्त्वना हुने टिम क्रमशः २ लाख ५० हजार, १ लाख र ५० हजार, शिल्ड र प्रमाणपत्र हात पारेका छन् । खेल रोल्पाको सदमुकाम लिबाङ स्थित टुडिखेलमा सम्पन्न भएको हो ।