
१४ फागुन, रोल्पा । सनस्टार युबा क्लबको आयोजनामा राष्ट्रिय भलिबल प्रतियोगिता सँगसँगै रोल्पा जिल्लास्तरीय महिला भलिबल खेल भएको थियो । महिला भलिबल प्रतियोगिताको उपाधि परिवर्तन गाउँपालिकाले जितेको छ ।
बुधबार सम्पन्न खेलमा सुनिलस्मृति गाउँपालिकाको टीम दोस्रो, रोल्पा नगरपालिका तेस्रो र लुंग्री गाउँपालिका सान्त्वना बन्यो । प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ५५ हजार, ३५ हजार र १५ हजार सहित मेडल र प्रमाण पत्र वितरण गरियो । सान्त्वनाले १० हजार प्राप्त ग¥यो ।
जिल्लास्तरीय खुला महिला भलिबल प्रतियोगिता ८ पालिकाको टीम सहभागी भएको थियो । स्थानीय तहको सिफारिसमा टीमलाई प्रतियोगितामा सहभागी गराईएको आयोजकले जनाएको छ ।
रोल्पाका १० स्थानीय तह रहेको मध्ये रुन्टीगढी र गंगादेव गाउँपालिकाबाट खेलाडी सहभागी थिएनन् ।
प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार