प्रचण्डले सर्वोच्चलाई दिए लिखित जवाफ (पूर्णपाठ)

१६फागुन,काठमाडौँ । नेकपा प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अदालतको अवहेलना नगरेको बताएका छन्।

उनले भनेका छन्, ‘मैले सावजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’

अदालतको अवहेलना मुद्दामा आइतबार लिखित जवाफ पेश गर्दै प्रचण्डले अदालत र न्यायाधीश उपर लाञ्छना लगाउने, धम्की दिने र न्याय दिने काममा बाधा गर्ने न्यायिक फैसला उलङ्घन गर्ने काम आफूबाट हुन नसक्ने बताएका छन्।

उनले भनेको छन्, ‘माघ ९ गतेको आमसभामा मैले कार्यकारिणी अधिकार प्रयोग गर्नेले संविधान विरुद्धको काम गरेको कुरा जनतालाई स्पष्ट पार्ने सिलसिलामा व्यक्त गरेको कुरालाई सम्मानित अदालतसंग जोड्ने काम गरी अदालतलाई धम्की दिएको भन्ने दाबी झुठो हो।’

प्रचण्डले सर्वोच्चलाई दिए लिखित जवाफ (पूर्णपाठ)

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस