१६फागुन, रोल्पा । नरबहादुर स्मृति ग्रामीण सेवा संस्था, सुनिलस्मृति ४ सुलिचौरले घर हस्तारन्तरण गरेको छ ।

सुनिलस्मृति वडा नम्बर ३ मिझिङ, रोल्पाकी एकल महिला दुंसी परियारको भत्किन लागेको घरलाई पुनर्निर्माण गरी हस्तारन्तरण गरेको हो ।

संस्थाले ३ लाख २ हजार १ सय २७ रुपैँया आर्थिक संकलक गरी २ लाख ८८ हजार ७५ रुपैँयाको लागतमा घर निर्माण गरी परियारलाई हस्तान्तरण गरेको संस्थाले जानकारी दिएको छ ।