१६फागुन, रोल्पा । रोल्पाको मिझिङमा भएको बस दुर्घटनाका घाइतेहरुको नेपाली काँग्रेस रोल्पाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार डाक्टर सुदन कुमार वलीले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी रोल्पाले लिबाङमा आयोजना गरेको चुनावीसभाबाट आमसभामा आएका मानिस लिएर फर्कदै गरेको बस रोल्पाको मिझिङमा दुर्घटना हुँदा ३१ जना घाइते भएका थिए ।
घाइतेहरुको उपचार छिटोछरीतो र सहज रुपमा व्यवस्था गर्न समेत सम्बधित निकायसँग डाक्टर वलीले माग गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको आमसभाबाट फर्कदै गरेको बस दुर्घटनामा परेको खवरले आफुलाई एकदमै दुःखीत भएको जनाएका छन् ।
आफुले सडक पुर्वाधार सुरक्षाको विषय पहिलेबाट नै उठाउँदै आएको बताएका छन् । यसमा राज्यको ध्यान जानुपर्ने बताए । चालक, सहचालक र सम्बन्धित व्यवसाहरुले सडक सुरक्षाको विषयमा पनि बुझ्नुपर्ने उनको भनाई छ । यात्रुहरूले पनि त्यो सडकको भारवाहन क्षमता र सडक सुरक्षाको व्यवस्थालाई हेरेर आफ्नो यात्रा गर्नेुपर्ने बताए । सिट क्षमता भन्दाबढी यात्रुहरू राख्ने काम बन्द गर्नुपर्छ उनले भने ।
मानिसको जीवन मूल्यवान भएकाले सामान्य हेलचेक्राइले गर्दा ठुलो दुर्घटना हुन्छ उनले भने यसबाट हामी सबै बच्नुपर्छ । सडक सुरक्षमा सम्बन्धित निकायको तुरन्त ध्यान जाओस् । डा. वली भनेका छन् ।


