रोल्पा । रोल्पाको लिवाङमा तेस्रो रोल्पा महोत्सव २०८० आज (बिहीबार)देखि सुरु भएको छ।
महोत्सवको लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री जोखबहादुर महराले उद्घाटन गरे।
रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव फागुन २६ गतेसम्म चल्नेछ।
महोत्सवमा स्थानीय उत्पादनलाई जोड दिएको आयोजकले बताएको छ ।
उत्पादन, व्यापार तथा विभिन्न क्षेत्रका १ सय २० स्टल रहेको महोत्सवबाट ६० लाख बढिको कारोबार हुने अपेक्षा आयोजकले लिएको छ।
प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार