भ्रष्टाचार मुद्दामा फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई ३ वर्ष जेल सजाय

१८फागुन, काठमाडौं । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचार अभियोगमा फ्रेन्च अदालतले ३ वर्षका लागि जेल सजाय सुनाएको छ ।

सोमबार अदालतले दोषी ठहर गर्दै उनीविरुद्ध यस्तो फैसला सुनाएको हो । २००७ देखि २०१२ सम्म सार्कोजी फ्रान्समा राष्ट्रपति बनेका थिए । तर न्यायाधीशले उनले जेलमा समय बिताउनु नपर्ने जनाएका छन् ।

उनको २ वर्षको सजाय निलम्बन गरिएको छ भने १ वर्षसम्म घरमै विद्युतीय बाला लगाएर सजायको भागीदार बन्न सक्ने बताइएको छ । आधुनिक फ्रान्सको इतिहासमा जेल जाने ६६ वर्षीय सार्कोजी नै पहिलो राष्ट्रपति हुन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस