राष्ट्रिय गीतमा ‘हाम्रो कालापानी’ (भिडियाे सहित)

१८फागुन, काठमाडौं । राष्ट्रिय गीत ‘हाम्रो कालापानी’को भिडियो सार्वजनिक भएको छ । गायिका शोभा न्यौपानेको स्वरमा रहेको गीतमा डा. विन्दा पाण्डेको शब्द र सुरज अधिकारीको संगीत छ ।

भिडियोमा आयुष रिजाल, शोभा न्यौपाने, बाल कलाकार शान्वी न्यौपाने भट्टराई, कृषा न्यौपाने भट्टराई र स्वराज अधिकारी फिचर्ड छन् ।

सिर्जना काफ्लेको कन्सेप्टमा बनेको भिडियोमा प्रदीप सिंह थापाको निर्देशन, राम केसीको छायांकन, निराजन केसीको सम्पादन र ध्रुवराज पराजुलीको रंग संयोजन छ ।

भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस