अमेरिकामा ५ लाख २७ हजार कोरोना संक्रमितको मृत्यु

१८फागुन,काठमाडौँ। अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ लाख २७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४४३ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख २७ हजार २२६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५३ हजार १४७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९३ लाख नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ९८ लाख १७ हजार ५३२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ८९ लाख ६९ हजार ४९६ जनामध्ये १४ हजार ५४५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस