टिकटकमा १० करोड फलोअर्स बनाएर चार्लीले राखिन नयाँ रेकर्ड

१८फागुन, काठमाडौँ । १६ वर्षीया चार्ली डिमेलियो टिकटकमा १० करोड फलोअर्स बनाउन सफल भएकी छन्।

संसारमा आजसम्म टिकटकमा यति धेरै फलोअर्स कसैको छैन। टिकटिकमा सबैभन्दा पहिले १० करोड फलोअर्स बनाएर चार्लीले नयाँ पहिलो रेकर्ड बनाएकी छन्।

उनी अमेरिकी नागरिक हुन्। चार्लीले करिब डेढ वर्षमा नै यति धेरै फलोअर्स बनाउन सफल भएकी हुन्। उनले टिकटकमा नाचेको भिडियो शेयर गर्दै आएकी छिन्।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस