‘लेट मि इन मिसेस ब्युटी क्वीन-२०७७’को उपाधी रश्मीको पोल्टामा

फाइल फाेटाे

१८फागुन,काठमाडाैँ । ‘लेट मि इन मिसेस ब्युटी क्वीन-२०७७’को उपाधी रश्मी शाक्यले जितेकी छन्।

प्रत्येक वर्ष सिजन मिडियाले आयोजना गर्दै आएको “लेट मि इन मिसेस ब्युटी क्वीन’को चौथो सिजनको उपाधी ललितपुरकी रश्मीले जितेकी हुन्।

प्रतियोगितामा विभिन्न ठाउँका २२ जना युवतीहरुले भाग लिएका थिए। रश्मीले ताजसहित ‘मिसेज ट्यालेन्ट’को उापधीपनि हात पारिन्। ब्युटीसियनको रुपमा काम गर्दै आएकी रश्मीले रेफ्रिजेनेटर लेटमिइनको तर्फवाट ३० हजार बराबरको गिफ्ट भौचर, सिंगापुर मलेसियाको भ्रमणको लागि हवाई टिकट प्राप्त गरेकी छन्।

प्रतियोगितामा डा.अश्विना केसीले ‘इन्टेलीजेन्ट’को अवार्ड सहित फस्ट रनरअप बनिन्। त्यस्तै लसता शाक्यले सेकेन्ड रनरअप र शर्मिला घिसिङ्ले थर्ड रनरअपको उापधी जिते।

प्रतियोगिताको निर्णायक मण्डलमा ब्युटी प्याजेन्ट एसोसियशन नेपालका अध्यक्ष गोपाल लाल कक्षपति, वरिष्ठ सौन्दर्यविद सिता न्यौपाने पाठक,आयाम इन्टरनेशनल कलेजका अध्यक्ष तथा प्रिन्सिपल कृष्ण चन्द्र झा, वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, अक्षरा स्कुलकी डाइरेक्टर अन्जु भट्टराई ,सन्चारकर्मी अनिता विन्दु, प्रदेश न १ आनका अध्यक्ष पवन अधिकारी र मिसेज ब्युटी क्वीन २०१८ की विजेता सुदीक्षा आचार्य रहेका थिए।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस