होटेलमा मदिरा सेवन गर्दै गर्दा पुरुषको मृत्यु

१८ फागुन, रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका ४ सुलिचौर बजारमा अवस्थित एक होटेलमा एक पुरुषको मृत भएको छ।

सुलिचौर स्थित थकाली होटल एण्ड लज मा उक्त घटना घटेको हो । मृत्यु हुने व्यक्ति लुङ्ग्री गाँउपालिका-६ उपल्लो गुम्चाल बस्ने अन्दाजी ३३ वर्षीय रोमबहादुर बुढाथोकी रहेको प्रहरी निरीक्षक अरुण तामाङले जानकारी दिए। घटना बेलुकी साढे ३ बजेको समयमा घटेको भए पनि प्रहरीले ५ बजेमात्र जानकारी पाएको बताएको छ ।

मृत्यु हुने व्यक्तिले उक्त होटेलमा मादक पदार्थ माग गरी सेवन गरेका थिए । होटलको संचालक व्यस्त रहेकोमा केहि समय पश्चात हेर्दा निज आफु बसेको कुर्सिबाट भुईमा ढलेको अबस्थामा देखे पछि उठाउन खोज्दा नउठे पछि प्रहरीलाई खबर गरेको होटेल व्यावसायिले बताएका छन् ।

घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस