नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज

१९फागुन,काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने भएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम सर्वोच्च अदालतले उल्टाइदिएपछि प्रचण्ड–माधव समूह सरकार परिवर्तनको गृहकार्यमा जुटेको छ ।

त्यस्तै निर्वाचन आयोगले नेकपाको विवाद अझै निरुपण नगरिसकेको अवस्थामा सो समूह दबाबमा पनि छ ।

बुधबारको बैठकमा केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्रसहित उपस्थित हुन निर्देशन दिएको छ । आवश्यक परे आफूपक्षीय केन्द्रीय सदस्यको सक्कलै फइल निर्वाचन आयोगमा बुझाउने सो समूहको तयारी छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस