२७ वैशाख, विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ ग्रहण आज दिउँसो ४ बजे हुने भएको छ ।
प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार