रास्वपा सुनिलस्मृति–३ को सभापतिमा घर्तीमगर चयन

१० जेठ, रोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनिलस्मृति गाउँपालिका–३ मा वडा अधिवेशन सम्पन्न गरेको छ।

शनिबार सम्पन्न अधिवेशनबाट हुकुमबहादुर घर्तीमगरको सभापतित्वमा ११ सदस्यीय वडा समिति चयन गरिएको छ।

समितिको उपसभापतिमा अनिशा वली बिष्ट, सचिवमा सिजन रानामगर तथा सहसचिवमा कृष्णा घर्तीमगर चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा साहिल गिरी, खुमा सुनार, खगेन्द्र बिष्ट, कमल महरा, अनराम बिष्ट, खेमराज बिष्ट र झरना सुनार रहेका छन्।

नवनिर्वाचित सभापति घर्तीमगर यसअघि लामो समय राष्ट्रिय जनमोर्चामा आवद्ध रहँदै आएका थिए।

प्रकाशित मिति : २०८३ जेष्ठ १० गते आइतवार
प्रतिक्रिया दिनुहोस