१७ जेठ, रोल्पा । रोल्पाको माडी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारलाई तीव्रता दिएको छ। ६ वटा वडा रहेको माडीमा हालसम्म ४ वटामा वडा अधिवेशन सम्पन्न भइसकेको छ।
माडी–१ ओतमा शिवराज घर्तीमगरको सभापतित्वमा ९ सदस्यीय वडा समिति गठन गरिएको छ। उपसभापतिमा देउ प्रसाद डाँगी, सचिवमा दिपेन्द्र घर्तीमगर रहेका छन् भने सदस्यहरूमा विकास घर्तीमगर, गौतम घर्तीमगर, कमल प्रकाश विक, हिमा वली, जीवन विक र मनिषा रसाइली रहेका छन्। सभापति घर्तीमगरले चुनौतीका बाबजुद संगठन विस्तार सफल भएको र अब सदस्यता वृद्धि अभियानलाई तीव्र बनाउने बताए।
त्यसैगरी, माडी–३ तालाबाङमा राजकुमार घर्तीमगरको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ। उपसभापतिमा ध्वज बहादुर खड्का, सचिवमा निर्मला कुमारी घर्तीमगर तथा सदस्यहरूमा रुपा घर्तीमगर, निर्मला विक, नन्द बहादुर बुढामगर, बिना घर्तीमगर, दिपेन्द्र बुढामगर र तुल्सीराम घर्तीमगर रहेका छन्। सभापति घर्तीमगरले पार्टीको नीति र नियमअनुसार इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
माडी–४ खर्सुडाँडामा नवराज विकको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। उपसभापतिमा गंगाराम खड्का, सचिवमा हरि प्रसाद डाँगी तथा सदस्यहरूमा गणेश विक, सुमन घर्तीमगर, रिता खड्का, थुम्रा विक, लालसरा खड्का, चन्द्र बहादुर विक, तिला डाँगी र दिल कुमारी विक रहेका छन्। सभापति विकले रास्वपालाई पहिलो पार्टी बनाउन कार्ययोजनासहित अघि बढ्ने बताए।
त्यस्तै, माडी–५ भाबाङमा मनोज वलीको सभापतित्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। उपसभापतिमा बम बहादुर बुढामगर, सचिवमा सुकराम बुढामगर तथा सदस्यहरूमा केवल बुढामगर, अतिराम वली, धनराज घर्तीमगर र निरज खत्री रहेका छन्। सभापति वलीले भाबाङमा रास्वपालाई नयाँ र फरक पार्टीका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।
रास्वपा रोल्पाका जिल्ला सभापति इन्जिनियर रमेश थापा क्षेत्रीले छोटो समयमा माडीमा ६७ प्रतिशत वडामा संगठन विस्तार हुनु उत्साहजनक उपलब्धि भएको बताए। उनले यसलाई अन्य क्षेत्रका लागि पनि उदाहरणीय अभ्यासका रूपमा लिन सकिने उल्लेख गरे।
जिल्ला सचिव भुपेन्द्र सिंह वलीका अनुसार वडा अधिवेशनका लागि आवश्यक न्यूनतम २१ सदस्यको मापदण्ड पूरा गर्दै पाँच वडामा पर्याप्त सदस्य संख्या पुगेको छ। पछिल्लो समय माडीमा रास्वपाप्रतिको आकर्षण बढ्दै गएको उनको दाबी छ।
बाँकी रहेका माडी–२ घर्तिगाउँ र माडी–६ कोर्चाबाङमा पनि छिट्टै अधिवेशन सम्पन्न गरिने माडी संयोजक राजकुमार विकले जानकारी दिए। उनले योग्य नेतृत्व चयन गर्दै बाँकी वडामा पनि संगठन विस्तारलाई पूर्णता दिने बताए।


