२२वैशाख, रोल्पा । नेकपा (एमाले) परिवर्तन गाउँ कमिटी अध्यक्षमा पुनः प्रदिप डाँगी सर्वसम्मत चयन भएका छन् ।
शनिबार परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौरमा सम्पन्न दोस्रो पालिका अधिवेशनले डाँगीको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन गरेको छ ।
उपाध्यक्षमा तिलबहादुर पुन, सचिवमा कमल बुढामगर, उपसचिवमा सिर्जना वली (पुनमगर) र नवीन वली चयन भएका छन् ।एमाले लुम्बिनी प्रदेशका उपसचिव पूर्ण बुढामगरले अधिवेशनको उद्घाटन गरेका थिए ।
अधिवेशनमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेम घर्तीमगर, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष बिजय घर्ती, नेकपा एमाले रोल्पा जिल्ला कमिटी सचिव नेपबहादुर थापा, नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य गंगाराम बुढामगर, नेकपा एमाले परिवर्तन गाउँ कमिटी इन्चार्ज देवप्रकाश वली लगायत आतिथ्यता रहेको थियो ।
सर्वसम्त अध्यक्षमा चयन भएपछि डाँगीले परिवर्तन गाउँपालिकामा नेकपा एमालेलाई आउँदो स्थानीय तह निर्वाचन सम्ममा पहिलो शक्तिका रुपमा स्थापित गर्न आफू र आफ्नो नव निर्वाचित कमिटी लागि पर्ने बताएका छन ।