
२०फागुन,काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ । आज सुनको मुल्य तोलामा रु १ हजारले घटेको छ ।
हिजो (बुधबार) प्रतितोला रु ८७ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज (बिहीबार) तोलामा रु १ हजारले घटेर रु ८६ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।
त्यस्तै तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ८६ हजार ५० कायम भएको छ । यता चाँदीको मुल्य भने प्रतितोला रु १२८५ कायम भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार