आज २०७७ फागुन २१ गते शुक्रबारको राशिफल

मेष

पूरानो स्वास्थ्य समस्या बल्झिन सक्छ। शैक्षिक क्षेत्रको काम सोचेअनुरूपले नबढ्नाले दिग्दारी महसुस हुन सक्छ । असीमित धन खर्चले चिन्ता बढाउनेछ । योजना अनुरूपको काम नहुन सक्छ ।

वृष

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला ।

मिथुन

शैक्षिक क्षेत्र अब्बल रहनेछ । सन्तान सुख मिल्नेछ । साथीभाई र आफन्तको प्रगतिमा मन रमाउनेछ । सेयरबजार र भूमी सम्बन्धीको कारोबारबाट अधिक लाभ मिल्न सक्छ ।

कर्कट

श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । तर महत्वपूर्ण योजना गोप्य नराखे नजिकका व्यक्तिबाट वाधा आइपर्ला ।

सिंह

सौन्दर्यतामा धन खर्च हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पूरा होला । न्यायीक क्षेत्रमा सफलता मिल्ला । प्रेम सम्बन्ध कसिलो बन्नेछ ।

कन्या

अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक नहोला ।अतिथीको सेवा होला ।

तुला

अग्रजको आशिर्वाद रहनेछ । नोकरी तथा व्यवसायको क्षेत्रमा पदोन्नतीको योग छ । आकस्मिक धन लाभ होला । शत्रु कमजोर हुनेछन् । जोश जाँगर र हिम्मत बढ्नेछ ।

वृश्चिक

कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु

वैचारिक मतभेद सिर्जना हुनसक्छ । साना–तिना समस्याले सताउँछ । पारिवारीक खटपट बढ्न सक्नेछ । बोलीविपरितको अर्थ लाग्न सक्छ । खर्च बढ्ने योग छ ।

मकर

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।

कुम्भ

आत्मविश्वास बढ्नेछ । सामाजिक दायित्व बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आफन्तसंग भेट हुनेछ । आर्थिक पक्ष मजबुद बन्नेछ । स्वास्थ्य सुधारोन्मुख हुनेछ ।

मीन

आज मानसिक चिन्ता बढ्नेछ । शरिर भारी र आलस्य होला । श्रमको उचित मुल्याङ्कन भएपनि सानातिना झैझमेलामा फस्नु पर्ला । प्रेम सम्बन्ध मध्यम रहनेछ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस