![](https://onlinesajha.com/wp-content/uploads/2024/03/SR_KTM_20240306_2031341-2000x922.jpg)
काठमाडौँ। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले संसारभर रहेका नेपाली मजदुरका समस्या एकद्वार प्रणालीबाट जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज पदबहाली गर्दै मन्त्री अर्यालले भन्नुभयो, “संसारभरि रहेका नेपाली श्रमिकको समस्यालाई एकद्वार प्रणालीबाट सबैभन्दा पहिला समाधानको प्रयास गर्नेछु, त्यो श्रम मन्त्रालयको जिम्मेवारी पनि हो ।”
विदेश र स्वदेशमा रहेका श्रमिकको हकहित आफ्नो पहिलो प्राथमिकता हुने उनले बताए।
प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार