२३फागुन,काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दल कसको भन्ने अन्तिम निर्णय आज (आईतबार) सुनाउदैछ।
गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरसँगै नेकपा दुई खेमामा बाँडिएका थिए। त्यसयता नेकपा कसको हो भन्ने विषयमा विवाद चुलिदै आएको थियो।
आज न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपाको विवादबारे अन्तिम फैसला सुनाउन लागेको छ।
आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते रिट दर्ता गरेका थिए।
प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार