२३फागुन,कामठाडौँ । सेनाको ज्यादतीका कारण आङ सान सु कीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का एक वडाअध्यक्षको रंगुनमा निधन भएको छ।
५८ वर्षीय यु खिन मुङ लाट रंगुनको पानबेदाङ शहरको वडाध्यक्ष थिए। उनलाई गत राती घरबाटै प्रहरी र सेनाले उठाएर लगेका थिए।
एनएलडी पार्टीका अनुसार वडाध्यक्ष मुङ लाटलाई सेना र प्रहरीले मरणासन्न हुने गरी मारपिट गरेको थियो। आफ्नो पार्टीका अन्य सदस्यहरुलाई पनि शनिबार राती सेना तथा प्रहरीले रंगुनबाट उठाएर लगेको एनएलडीले बताएको छ। विएल नेपाली सेवा
प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार