२३फागुन,काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने फैसला सुनाएको छ।
फैसलासँगै ०७५ जेठ ३ मा भएको एमाले–माओवादी एकीकरण भङ्ग भएको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो।
यो फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ।
प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार