घट्यो सुनको मूल्य

२५फागुन,कामठाडौँ । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।

आजका लागि छापावाल सुनको प्रतितोला मूल्य ८५ हजार ६ सय रुपैयाँ तोकेको छ भने तेजावी सुनको कारोबार मूल्य ८५ हजार १५० रुपैयाँमा भइरहेको छ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १२० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस