
२५फागुन, रोल्पा । रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा केशवकुमार आचार्य निर्वाचित भएका छन् ।
नेकपा (एमाले) निकट आचार्यले निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धका बसन्त सुवेदीलाई तीन मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन ।
मंगलबार राति सार्वजनिक मत मतपरिणाम अनुसार आचार्यले ४ सय ३७ प्राप्त गर्दा सुवेदीले ४ सय ३४ मत ल्याएका थिए। एक हजार २ सय १८ मतदाता रहेको संघको निर्वाचनमा ९८५ मत खसेको थियो ।
सङ्घको वाणिज्य तर्फको उपाध्यक्षमा मिलन रोका, उद्योग तर्फको उपाध्यक्षमा गोपाल प्रसाद श्रेष्ठ, महासचिवमा कमल घर्ती, सचिवमा साजन कुमार थापा र कोषाध्यक्षमा बसन्ता आचार्य यस अघिनै निर्विरोध निर्वाचित भईसकेका थिए ।
अध्यक्ष र सदस्य पदमा मात्र निर्वाचन भएको थियो । ९ सदस्यीय पदका लागि १४ जनाले उम्मेरदावर दिएका थिए । जसमा अशोक आचार्य (५१७), इन्द्रबहादुर महरा(४९१), ऋषिराम रिजाल(५५९), चन्द्रबहादुर बुढा(५१४), दीपककुमार श्रेष्ठ(५९७), विशेष घर्ती क्षेत्री(४८८), रञ्जु पोख्रेल(४९६), शिवराज आचार्य(४८५) र सुरेन्द्र थापा(४५८) मत ल्याई विजयी भएका छन् ।
गत माघ ४ गतेका लागि तय भएको निर्वाचन कार्यक्रम कोरोनाको नयाँ भेरियन्टको कारण स्थागित निर्वाचन मंगलबार भएको थियो ।